सहारा दैनिक

spot_img
Homeदेशराजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार–कांग्रेस

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार–कांग्रेस

काठमाडौँ, १८ असार (रासस)
नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराउनुभएको थियो । सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाउनुभएको जानकारी दिनुभयो ।
आगामी निर्वाचनसम्म एमाले र कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उहाँले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -