सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असार ।
सशस्त्र प्रहरी बल पर्सा अन्तरगतका विभिन्न इकाइबाट खटिएका टोलीले अवैध सामानहरु नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका टोलीले विभिन्न स्थानबाट रु. २८ लाख भन्दा बढिको अवैध सामानहरु नियन्त्रणमा लिइ भन्सार दाखिला गरेको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको चेप्वाईन्ट तथा मोवाईल टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित विभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ना १ ह ९९६० नंम्बरको अटो सहित रु. २१ लाख ६३ हजार ४ सय ६० मुल्य बराबरको किराना, कपडा, मोवाईलको डिस्प्ले, मोटरपार्ट्स तथा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्र.सी.सु. गुल्म अलौबाट खटिएको मोबाईल गस्ति टोलीले वर्वा तथा अलौ नाकाहरुबाट भारतबाट अवैध रुपमा भन्सार छली ना.२१प.९६२७ र ना.१७ प. ६९२१ न.को मो.सा.हरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख १७ हजार ६० मुल्य बराबरको किराना समान र कपडाका साथै मो.सा.को समेत रु.३ लाख मुल्यांकन गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
बि.ओ.पि. सिर्सियाबाट खटिगएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा वी. म.न.पा. वडा नं. २ भकुवाबाट रु. ९० हजार बराबरको कपडा बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यस्तै वी.ओ.पि. ड्राईपोर्ट पर्साबाट खटिगएको टोलिले वी.म.न.पा. वडा नं. २५ स्थित सिर्सिया नाकाबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ द्यच् ण्छ त् द्दटढज्ञ नं. को भारतीय मो.सा.मा राखेर ल्याउदै गरेको रु. २८ हजार बराबारको लेडिज टपस् ७२ पिस र मो.सा.को समेत रु.१ लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
Facebook Comments Box