सहारा दैनिक

spot_img
Homeदेशलागु औषध गांजा सहित दुई पक्राउ

लागु औषध गांजा सहित दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असार ।
पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिंग टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा भंसार मेनगेटबाट गांजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सिरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजााच गर्ने क्रममा भारतको रक्सौल तर्फ जाने यात्रु वाहक अटोमा सवार दुई जना शंकास्पदरूपमा गई रहेको अवस्थामा खानतलासी गर्दा निजहरु मध्येका ईमताज आलमले बोकेको कालो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध गाँजा ५ किलो ७२० ग्राम फेला परे पछि निज संगै रहेका अर्का नवरेज आलमलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध गाँजा सहित पक्राउ परेका पर्सा जिल्ला जगरनाथपुर गापा वडा नं. ५ निवासी ईमताज आलम र भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नं. २ निवासी नवरेज आलम विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -