राधेश्याम साह–––––––––––––––
गौर, ०७ असार ।
गौर नगरपालिकाको १४ औं नगरसभाले आर्थिक वर्ष ०८१/०८२ को रु. ६५ करोड ११ लाख ८० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गौर नपाको नगर कार्यपालिको सभाहलमा नगरउपप्रमुख शैल देवीको अध्यक्षतामा आयोजित नगरसभामा नगरप्रमुख शम्भु साहले आर्थिक वर्ष ०८१/०८२ को अनुमानित बजेट प्रस्तुत गर्नु भयो ।
नगर प्रमुख साहले बजेट प्रस्तुत गर्ने क्रममा चालु आ.व.को समिक्षामा नगरको शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र ब्यापार, सुन्दर, समृद्ध तथा समुन्नत गौर आधार नाराको साथ गौर नगरपालिकाले आर्थिक वर्ष २०८१०ि८२ मा ६५ करोड ११ लाख ८० हजार अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
चालू आ.व.का लागि कुल संशोधित बजेट ६५ करोड ११ लाख ८० हजार नगरसभाबाट स्वीकृत गरेको नगर प्रमुख साहले बताउनु भयो ।
स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु, उद्यमशीलता तथा प्रवर्द्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदारी, समाजिक विकास, स्वास्थ्य तथा पोषण, महिला बालबालिका किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण, समाजिक विकास, सुरक्षा तथा संरक्षण, सूचना तथा संचार, विपद् व्यवस्थापन लगायतका दर्जनौं लोक कल्याणकारी नीति नगर प्रमुख साहले प्रस्तुत गर्नु भयो ।
नगरसभामा प्रस्तुत बजेट अनुरुप नगरपालिकाको आन्तरिक राजश्व तर्फ अनुमानित रु. १ करोड ७५ लाख, संघीय समानीकरण अनुदान तर्फ रु. ११ करोड ९२ लाख र प्रदेश सम्मानीकरण अनुदान तर्फ रु. ८६ लाख ३ हजार गरी जम्मा रु. १२ करोड ७८ लाख ३ हजार, संघीय सशर्त अनुदान तर्फ रु.२४ करोड ३९ लाख ७७ हजार र प्रदेश सशर्त अनुदान तर्फ रु.९५ लाख गरी जम्मा रु. २५ करोड ३४ लाख ७७ हजार, प्रदेश समपुरक अनुदान तर्फ रु २० लाख, संघीय विशेष अनुदान तर्फ रु.१ करोड ७५ लाख र प्रदेश विशेष अनुदान तर्फ रु.३० लाख गरी जम्मा रु.२ करोड २५ लाख, संघीय राजश्व बाँडफाँड तर्फ रु.८ करोड ४९ लाख र प्रदेश राजश्व बाँडफाँड तर्फ रु.५० लाख गरी जम्मा रु.८ करोड ९९ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट प्राप्त हुने रकम अनुमानित रु.१ करोड, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान रु १ करोड, सामाजिक सुरक्षा भता रकम रु. १२ करोड गरी कुल बजेट रकम रु. ६५ करोड ११ लाख ८० हजार रहेको उल्लेख छ ।
जसमध्ये चालु खर्च तर्फ रु.४१ करोड ७५ लाख ८० हजार अर्थात कूल बजेटको (६३.५० प्रतिसत) वित्तिय व्यवस्थापन खर्च तर्फ रु ४५ लाख अर्थात कूल बजेटको (०.६८प्रतिसत) र पुंजीगत खर्च तर्फ रु.२२ करोड ९१ लाख अर्थात कूल बजेटको (३५.८२प्रतिसत) रहेको उल्लेख छ ।
चालु आ.व.मा बिनियोजित बजेट मध्ये क्षेत्रगत खर्च तर्फको बजेट । आर्थिक विकास क्षेत्र तर्फ रु.३ करोड ५० लाख ३० हजार विनियोजन गरेको छ । जुन कूल बजेटको ५.३७ प्रतिशत हुन आउछ । सामाजिक विकास क्षेत्र (सामाजिक सुरक्षा भत्ता समेत) रु. १६ करोड ९० लाख विनियोजन गरेको छ । जुन कूल बजेटको २५.९५ प्रतिशत हुन आउछ । पूर्वाधार विकास क्षेत्र रु. २२ करोड ३६ लाख १० हजार विनियोजन गरेको छ । जुन कूल बजेटको ३४.३४ प्रतिशत हुन आउछ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र रु.१ करोड १० लाख ४० हजार विनियोज गरेको छ । जुन कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि पशु सेवा, महिला विकास, राष्ट्रिय कूल बजेटको १.७० प्रतिशत हुन आउछ ।
पंजिकरण विभाग, समृद्धि कार्यक्रम, प्रधानमन्क्री रोजगार कार्यत्रम, युवा स्वरोजगार कार्यक्रम र नगरपालिका समेतको लागि एकमुष्ट रु.२१ करोड २५ लाख विनियोजन गरेको छ ।
गौर नगरपालिकाद्वारा रु. ६५ करोड ११ लाख ८० हजारको अनुमानित बजेट प्रस्तुत
Facebook Comments Box