सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
बिहिबार देखि संचालन भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मेयर सिंहले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताउनुभएको हो ।
मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउदै उहाले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि आग्रह गर्नुभयो ।
कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लाग्नु पर्नेमा उहाले जोड दिनुभयो ।
काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै मेयर सिंहले गरेका काममा खोंचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खांचो रहेको बताउनुभयो ।
संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उहाले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताउनुभयो । संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो भन्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गर्नुझयो ।
मधेस खबरका संचालक क्रान्ति साहको अध्यक्षतामा आयोजित कार्यत्रमको संचालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो ।
मधेस खबर मल्टिमिडिया प्रा.लि.द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ ।
पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न तयार छौं–मेयर सिंह
Facebook Comments Box