सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ असार ।
सशस्त्र प्रहरी बलले धान सहितको ट्याक्टर नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौंबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलीले वीरगंज महानगरपालिका वडा नं. १७ अलौंबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ना ४ त ९४१५ नं. को ट्याक्टरमा लोड गरी ल्याउदै गरेको धान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको १ सय ६० बोरामा रहेको ६द्ध क्वीन्टल धानको रु. २ लाख २४ हजार मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्र.सी.सु. गुल्म अलौबाटनै खटिई गएको मोबाईल गस्ति टोलीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य रु.५५ हजार ६ सय ३५ मुल्य बराबरको किराना सामान समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाइएको छ ।
Facebook Comments Box