सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ असार ।
पर्सा प्रहरीले लागु औषध सहित तिन जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र फ्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोलीले नियमित चेकजााच गर्ने त्रममा विभिन्न लागु औषध सहित ३ जनालाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितबाट तिन जना भारतबाट शंकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिहरूलाई रोकेर खानतलासी गर्दा निजहरु मध्ये अनुप थापा क्षेत्रीले बोकेको रातो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध डाईजेपाम–४० एम्पुल, फेनारगन–४० एम्पुल र नुरफिन–४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
लागु औषध फेला परे पछि कास्की जिल्ला पोखरा म.न.पा वडा न. ३ थापा सहित उनी संगै रहेको पोखरा म.न.पा वडा न. ३ कै सरोज राना मगर र बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा वडा न.१६ को कुशल मगरलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
Facebook Comments Box