सहारा दैनिक

spot_img
Homeअपराधलागु औषध गाँजा सहित एक पक्राउ

लागु औषध गाँजा सहित एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असार ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला पटेर्वा सुगौली गाउपालिकाबाट लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले पटेर्वा सुगौली गाउपालिका वडा नं.४ भथौडा बस्ने अमित कुमार चौधरीको गाईगोठमा खानतलासी गर्दा भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गांजा ७ पोकामा रहेको २२ किलो ४९० ग्राम फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
खानतलासीका क्रममा लागु औषध गांजा फेला परे पछि अमित कुमार चौधरीलाई नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -