सहारा दैनिक

spot_img
Homeदेशमधेशपत्रकार साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीको माग

पत्रकार साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीको माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असार ।
पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरी माथि कारवाही गर्न माग गरिएको छ ।
नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले आइतवार छुट्टा–छुटै प्रेस विज्ञप्ती जारी गरी दोषी प्रहरी उपर कारवाहीको माग गरेका हुन् ।
दुबै संगठनले कालिकामाई गाउपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा पत्रकार साहमाथि भएको दुर्व्यवहारको घटनाको घोर भर्त्सना पनि गरेका छन् ।
वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो बनाउने क्रममा उहाको आफ्नै गाउमा दुर्व्यवहार गर्नुको साथै अमानवीय तरिकाले लछारपछार गर्दै पक्राउ गरि दिन भरी नियन्त्रणमा लिएर छाड्नु घटना प्रति दुबै संगठनले आपत्ति जनाएका छन् ।
समाचार प्रयोजनको लागि भिडियो खिच्ने सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनोवृत्तिमा देखा परेको पर्साका सुरक्षाकर्मीले सञ्चारकर्मी साह माथि आक्रमण गरि उनलाई अपमानित गरि प्रेस स्वतन्क्रतामाथि नै आत्रमण गरेको दुबै संगठनले ठहर गरेको छ ।
प्रेस युनियन पर्साका अध्यक्ष विजय कुमार महतो (चौहान) र समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनोद पटेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत दुबै संगठनले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको क्षती भएको मोवाइल समेत दोषीवाट असुल उपर गराउन माग गरेका छन् । कारवाही नगरिए प्रहरीको ज्यादती विरुद्ध दुबै संगठन संघर्षमा उत्रिने प्रेस विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् ।
प्रहरी ज्यादतीको क्रममा पत्रकार साहको मोवाइल फुटेको छ भने उहाको हातमा चोट लागेर घाइते हुनु भएको छ । प्रहरीको ज्यादतीवाट सञ्चारकर्मी साहको हातमा चोट लागि घाइते भएपनि उपचार समेत नगराई दिनभरि प्रहरी हिरासतमा राख्नु मानव अधिकारको ठाडो उल्लंघन हुनु र कानुनी राज्यको धज्जी उडाउनु भएको समाजवादी प्रेस संगठन पर्साका सचिव पटेलले वताए ।
समाचार संकलनका क्रममा सञ्चारकर्मी माथि विभिन्न निहुंमा आक्रमण गर्ने प्रवृत्तिले समग्र प्रहरी संगठनको गरिमालाई घटाउदै लैजाने भएकाले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत दोषीवाट असुल उपर हुनु पर्ने प्रेस युनियन पर्साका अध्यक्ष चौहानले वताए ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालको निर्देशनमा शनिबार गुण्डागर्दी शैलीमा पत्रकार साहमाथि दुर्ब्यवहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -