सहारा दैनिक

spot_img
Homeदेशमधेशजसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

धनुषा, ३० जेष्ठ (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएको उहाँको सचिवालयले जानकारी दिएको छ । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -