सहारा दैनिक

spot_img
Homeअर्थ२८ लाख बराबरको अवैध सामान र श्रोत नखुलेको ६ लाख बरामद

२८ लाख बराबरको अवैध सामान र श्रोत नखुलेको ६ लाख बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० जेठ ।
सशस्त्र प्रहरी बलले भन्सार छलीका मालसामानका साथै श्रोत नखुलेको रकम सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा. पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलिले विभिन्न स्थानमा छापामारी गरी २८ लाख ६६५ हजार ६ सय बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वा स्थित एक घरमा छापामारी गरी भारतबाट भन्सार छलि ल्याई बेवारिसे अवस्थामा गोदाम गरि राखेको रु.१४ लाख ५९ हजार २ सय मुल्य बराबरको lakme complexion cream १४ हजार ५ सय ९२ पिस, रु. ८ लाख ६ हजार ४ सय मुल्य बराबरको Lakme moisture riser १६ हजार १ सय २८ पिस रहेको १६ पोका ल्याक्मि क्रिम र सोही स्थानमा भारतबाट भन्सार छलि गरी ल्याई घर धनी कोहि नभएको घरमा अबैध रुपमा गोदाम गरि राखेको रु. ६ लाख मुल्य बराबरको १ सय २० बोरा Moong daal ३ हजार किलो फेला परेको सशस्त्र प्रहरी बल नं. १३ गण हे. क्वा. पर्साले जनाएको छ ।
उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुधवार वीरगंज भन्सार कार्यालयमा बुझाईएको जनाएको छ ।
त्यसै गरी प्र.सि.सु.गुल्म वीरगंजबाट खटीएको चेकप्वाईन्ट टोलिले बुधवार वी.म.न.पा वडा नं. १६ भन्सार मेनगेट ईलाकामा भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको BR06AR 9411 नं. को मोटरसाइकल तथा ऊक्त मोटरसाइकलमा सवार ब्यात्तिलाई चेकजांच गर्दा निज भारतीय नागरिकले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको रु. ६ लाख श्रोत नखुलेको नेपाली रुपैयां फेला परेको सशस्त्र प्रहरी बल नं. १३ गण हे. क्वा. पर्साले जनाएको छ ।


श्रोत नखुलेको रकम सहित निज र मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -