सहारा दैनिक

spot_img
Homeदेशबजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ–अध्यक्ष ओली

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ–अध्यक्ष ओली

काठमाडौँ, २६ जेठ (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्च्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताउनुभयो ।
“मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के–के विषय सच्च्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले अब हामी आफैँले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैँले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।”
उहाँले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भिर्त्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुनेगरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो । देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भिर्त्याउनुपर्नेमा उहाँको जोड थियो ।
अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताउनुभयो ।
पार्टीका पोलिटब्यूरो सदस्य सुजिता शाक्यले मुलुकमा उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -