सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारप्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम चाडो सम्पन्न गर्न सरोकारवालाको जोड

प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम चाडो सम्पन्न गर्न सरोकारवालाको जोड

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ जेठ ।
वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ ।
५० हेक्टर क्षेत्रफल ओगट्ने चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो ।
अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा झने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतित्रमण हटाउनु पर्ने देखिएको उहाले बताउनु भयो ।
निकुन्जले शुक्रबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसाग छलफल गरेको छ ।
बैठकले चिडियाखानाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आहृवान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।
सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको जनाइएको छ ।
वीरगंज महानगरका मेयर सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बांकी प्रकृया अघि बढाउने निर्णय पनि भएको बताइएको छ ।
बैठकमा महानगरका मेयर सिंहले प्रकृतिक यहाका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाई हुन नहुने बताउनु भयो । उहाले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताउनु भयो ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरि सबैसंग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो ।
बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन बन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह, वीमनपा वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादब, वडा नं. ३२ का अध्यक्ष रियाज अहमद लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -