सहारा दैनिक

spot_img
Homeसमाचारभारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको शिलान्याश

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको शिलान्याश

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ जेठ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउपालिका स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय भवनको शिलान्याश गरिएको छ ।
भारत सरकारको ने.रु. २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय झवनको शुक्रवार एक कार्यत्रम विच प्रतिनिधिसभाका सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी र भारतीय राजदूतावास काठमाण्डौंका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासंगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवनको निर्माण गरिएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) मार्फत गरिएको भारतीय राजदुतावासले जनाएको छ ।
शिलान्याश कार्यक्रममा सांसद, जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउापालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।
श्री त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने र शिक्षाको विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको दुतावासले जनाएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको भारतीय दुतावासबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -