वीरगंज, १६ असोज । एनिमल नेपालको सहयोगमा जेन २.० (हामी सबै पुस्ताको) अभियानको सहकार्यमा गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका घाइते शिवम झालाई आर्थिक सहयोग गरिएको छ ।
अभियानका डा. राजीव झाले जेनजी आन्दोलनका घाइते शिवम झालाई आर्थिक नगद प्रदान गरेका हुन् । सहयोग हस्तान्तरणका क्रममा जेन्जी पुस्ताको आन्दोलनमा केही सहभागीहरूसँग विजयादशमीको टीका–शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।
सो अवसरमा सहभागीहरूले आन्दोलनका मागहरूले तत्काल अपेक्षित उपलब्धि हासिल गर्न नसकेको गुनासो राखेका थिए ।
उनीहरूले आन्दोलनको उपलब्धि अझै अधैर्य अवस्थामा रहेको भन्दै निरन्तर संघर्ष आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा उपस्थित डा. राजीव झाले पनि आन्दोलनका मागप्रति सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाहरूको आवाजलाई प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको औंल्याएका थिए ।