सहारा दैनिक

spot_img
Homeसमाचारबारामा कारको ठक्करबाट महिलाको मृत्युु

बारामा कारको ठक्करबाट महिलाको मृत्युु

वीरगंज, १४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा मंगलबार कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा ७ की ६५ वर्षीय प्यारी साह रहेकी छिन् ।
साहलाई बा.प्र.०१-०२५च ६०७४ नम्बरको कारले बजनीस्थित मालपोत चोकमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते र अचेत भएकी महिलाको वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ८ कमानेका २९ वर्षीय नबि आलमलाई नियन्त्रणमा लिएको छ । महिलालाई ठक्कर दिएर फरार भएको कारलाई खोजी गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -