जनकपुर, ८ असोजः नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।”
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा आजका मितिदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । रासस

Facebook Comments Box