सहारा दैनिक

spot_img
Homeसमाचारपोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

पोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

वीरगंज ६ असोज – पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट प्रहरीले विशेष सुराकीको आधारमा ठूलो परिणाममा अवैध लागुऔषध चरेस बरामद गरेको छ।
आज बिहान १:०० बजे तिर सशस्त्र प्रहरी बल बीओपी प्रसौनी भाठाबाट खटिएको स.प्र.नि. चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीले बाखा राख्ने फुसको छाप्रोमा खोजी गर्दा १९.१२६ के.जी. चरेस फेला पारेको हो। चरेस दुईवटा कालो झोलाभित्र कार्टुनमा प्याक गरिएको अवस्थामा भेटिएको थियो।
तलासीका क्रममा घटनास्थलमा कुनै व्यक्ति नभेटिएको र बरामद चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -