सहारा दैनिक

spot_img
Homeसमाचारलुटिएका सामान खरिद–बिक्री नगर्न रौतहट प्रहरीको आग्रह

लुटिएका सामान खरिद–बिक्री नगर्न रौतहट प्रहरीको आग्रह

रौतहट, २ असोज । ‘जेनजी युवा आन्दोलन’का क्रममा लुटिएका सामान किनबेच नगर्न जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई आग्रह गरेको छ।
आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, र व्यापारिक प्रतिष्ठानहरूबाट लुटिएका सामान बजारमा बिक्री भइरहेको सूचना पाएपछि बिहीवार सूचना जारी गर्दै जिप्रका रौतहटले लुटिएका सुनचाँदीका गरगहना, ऐतिहासिक दस्तावेज, हातहतियार, र नगदलगायतका सामानहरू बिना बिल भरपाई खरिद–बिक्री नगर्न सबैलाई अनुरोध गरेको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीले जारी गरेको सूचनामा लुटिएका सामानहरू विभिन्न पसलमा आउन सक्ने सम्भावना रहेको भन्दै व्यापारी र सर्वसाधारण सचेत गराएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -