सहारा दैनिक

spot_img
Homeदेशअवैध पटकासहित मोटरसाइकल नियन्त्रण

अवैध पटकासहित मोटरसाइकल नियन्त्रण

बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो ।
प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए । बरामद गरिएको पटका र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीेले छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -