वीरगंज, १६ भदौ । दधीचि समाज, वीरगंज–रक्सौलले ऋषि दधीचि जन्मोत्सव भव्य रूपमा मनाएको छ ।
भगवानको आग्रहमा आफ्ना अस्थिहरू दान गरी असुरमाथि विजय दिलाउन महत त्याग गर्ने महर्षि दधीचिको स्मरणमा कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा समाजका कुलदेवी माँ दधिमती माताको पूजा–अर्चना समेत गरिएको थियो ।
समाजका अध्यक्ष सुभाष कुमार शर्मा दयामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल शर्मा, सदस्य श्रीमती सरोज देवी शर्मा र पंकज शर्माको विशेष सहभागीता रहेको थियो ।
समाजका सचिव अंकुश कुमार शर्माले कार्यक्रमको औचित्यबारे जानकारी दिँदै सहयोग गर्ने सम्पूर्ण समाज बन्धु–बहिनी, अतिथिहरू तथा सहभागीजन प्रति आभार व्यक्त गरेका छन् ।
Facebook Comments Box