सहारा दैनिक

spot_img
Homeसमाचार७७ जना नयाँ हैजा बिरामी भेटिए

७७ जना नयाँ हैजा बिरामी भेटिए

वीरगंज, १३ भदौ । वीरगंजमा शुक्रवार ७७ जना नयाँ हैजा संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
आज साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार हालसम्म वीरगंज र आसपासका क्षेत्रमा ७७ जना हैजाको संक्रमण देखिएको हो । शुक्रवार १०१ जना विरामीलाई डिस्चार्ज गरिएको छ । अझै पनि १९५ जना संक्रमितको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कुल ७१२ जनामध्ये ५१७ जना हैजाको बिरामी निको भएर घर फर्किसकेको तथ्याङ्कमा उल्लेख छ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -