सहारा दैनिक

spot_img
Homeसमाचारट्रयाक्टर चोरीको आरोपमा दुईजना पक्राउ

ट्रयाक्टर चोरीको आरोपमा दुईजना पक्राउ

रौतहट, १२ भदौ । इलाका प्रहरी कार्यालय, गरुडाले ट्रयाक्टर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय बिजेन्द्र दास र वडा नं. ७ का २६ वर्षीय विनोद पण्डितलाई टयाक्टर चोरेको आरोपमा प्रहरीले बरामद गरेको हो ।
वृन्दावन नगरपालिका–९ का शैलेन्द्र राउत कुर्मीको खेतमा रहेको प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर गत साउन ८ गते राति करिब १२ बजे चोरी भएको थियो । भोलिपल्ट सर्लाहीस्थित ईश्वरपुर नगरपालिका ११ सडक छेउ खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी गराएका छन् ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्रयाक्टर चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -