सहारा दैनिक

spot_img
Homeसमाचारदेउरियाबाट ५४ किलो चरेस बरामद

देउरियाबाट ५४ किलो चरेस बरामद

वीरगंज, ६ भदौ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरीयास्थित रामायण चौधरीको धान खेतबाट ५४ किलो ४०० ग्राम चरेस प्रहरीले बरामद गरेको छ ।
शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले स्थानीय रामायण चौधरीको धानखेतबाट ५४ किलो ४०० ग्राम चरेस फेला परेको थियो ।
खेतधनी चौधरी फरार भएको र बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -