सहारा दैनिक

spot_img
Homeसमाचारउदघाटन गर्ने विषयमा झडप, मेयरसहित तीनजना घाइते

उदघाटन गर्ने विषयमा झडप, मेयरसहित तीनजना घाइते

रौतहट ३१ साउन । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उदघाटन गर्ने विषयलाई लिएर झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन् ।
मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद भएपछि झडप भएको थियो। मेयर साह उदघाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उदघाटन हुन नदिएपछि दुवै पक्षबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ।
श्रीराम जानकीको ब्रह्माबाबा मठमा आयोजना गरिएको मेला उदघाटनको विषयमा झडप हुँदा मेयर साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। घाइतेहरूको गरूडास्थित निजी अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाइ इलाका प्रहरी कार्यालय गरूडामा राखिएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -