सहारा दैनिक

spot_img
Homeसमाचारमधेश प्रदेशमा वित्तीय समस्याबारे उद्योगीसँग छलफल

मधेश प्रदेशमा वित्तीय समस्याबारे उद्योगीसँग छलफल

वीरगंज, २९ साउन । नेपाल राष्ट्र बैंक वीरगंजले आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशमा वित्तीय समावेशीता प्रवद्र्धन रणनीति सम्बन्धी मधेश प्रदेशभरका क्षेत्रीय कार्यालय, शाखाका प्रमुख, उद्योगी तथा अन्य निकायका प्रतिनिधीहरूसंग छलफल गरिएको छ ।
नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेलले कार्यपत्र प्रस्तुत गर्नु हुंदै मधेश प्रदेशमा वित्तीय साक्षरताको अवस्था, त्यसलाई प्रवद्र्धन गर्ने चुनौती तथा सम्भावित उपायहरूवारे जानकारी दिनुभयो ।
उहाँले बैंकिङ क्षेत्रमा देखापरेका समस्या र ग्राहकका पीडावारे स्पष्ट चित्र प्रस्तुत गर्दै, वित्तीय सेवा सबैसम्म पुग्नका लागि सहुलियत, पहुँच र पारदर्शिता बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले मधेशमा वित्तीय पहुँच विस्तारका लागि निजी क्षेत्रको सक्रियतासमेत आवश्यक रहेको बताउनु भयो । वहाँले निजी क्षेत्र र सरकारी निकायबीचको प्रभावकारी समन्वयबिना वित्तीय समावेशीताको लक्ष्य हासिल गर्न कठिन रहेको भन्दैै सीमावर्ती व्यापार, महिलामैत्री बैंकिङ सेवा, तथा वञ्चित समुदायका लागि लक्षित कर्जा योजनालाई अझ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकका सहायक निर्देशक नरेश सर्राफले मधेशमा वित्तीय साक्षरताको कमीलाई जनस्तरमा सचेतना जगाउँने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा शिक्षाविद इन्दुशेखर मिश्र, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, पत्रकार प्रणय कुमार, प्राध्यापक किशोरी राय यादव लगायतले बैंकिङ क्षेत्रका प्रमुख चुनौती, ग्राहकले भोगिरहेका समस्या तथा समाधानका उपायवारे मन्तव्य राखेका थिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -