सहारा दैनिक

spot_img
Homeसमाचारअनुदानको मल कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ, ठूलो परिमाणमा मलखाद बरामद

अनुदानको मल कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ, ठूलो परिमाणमा मलखाद बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रशासन कार्यालय पर्सा, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले ठूलो परिमाणमा अनुदानको मल कालोबजारी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा प्राप्त सूचनाको आधारमा गरिएको छापामारीमा युनुस अंसारीको घरबाट डिएपी २६ बोरा र पोटास २४ बोरा गरी ५० बोरा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यस्तै साह महमद मलखाद भण्डारका सञ्चालक साह महमद अंसारीको घरमा लुकाइ राखिएको डिएपी ९ बोरा, पोटास १८ बोरा र फास्फेट ११४ बोरा समेत नियन्त्रणमा लिइएको छ। प्रशासनका अनुसार नेपाल सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको मल बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले भण्डारण गरिएको हो । छापामारीका क्रममा पसल सञ्चालक फरार भएका थिए भने आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अघि बढाएको जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -