सहारा संवाददाता–––––––––––––––
सर्लाही,१९ साउन ।
सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं ३ धनकौलमा आज व्यवसाय प्रवद्र्धन गर्न एक दिने रोजगार मेला लागेको छ । रोजगार मेलामा हरिपुर्वामा मात्र ५ सय ३१ जना व्यक्ति रोजगारी पाएका छन् ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही द्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गतको युपिजी सदस्यलाई रोजगारी प्रदान गरिएको हो ।
मेलामा ३५ वटा व्यपार स्टल रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका परियोजना अधिकृत राजेश साहले जानकारी दिनुभयो ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र द्वारा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत खासगरी हरिपुर्वा र पर्साका अती विपन्न नागरिकलाई युपिजी सदस्य बनाई व्यवसाय गर्न विभिन्न सामग्री सहयोग गरिएको अधिकृत साहले जानकारी दिनुभयो । हरिपुर्वामा ५३१ र पर्सा गाउँपालिकामा ३१३ जना व्यक्तिलाई रोजगार गर्न सामग्री प्रदान गरिएको छ ।
रोजगार मेलामा किराना पसल, भाडा वर्तन, व्यूटी पार्लर, प्रचुन, फलफुल, फास्टफुड, चप्पल जुता, सिलाई कटाई,घुम्ती कपडा पसल, खाजा पसल, बिज भण्डार तथा मुढा व्यवसायको स्टल राखिएको थियो ।
मेलामा व्यपारीक स्टल राखेका हरिपुर्वा र पर्साका ३५ जनालाई कदरपत्र प्रमाण गरेर सम्मान गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।
मेलामा साना व्यवसायहरू जस्तै सिलाई–कटाई, मसला उत्पादन, खाद्यान्न, घरेलु हस्तकला तथा कृषि आधारित उत्पादनहरूको प्रदर्शन तथा बिक्री गरिएको थियो। यस अवसरले सहभागी लाभग्राहीहरूलाई बजारसँग प्रत्यक्ष सम्पर्क, व्यवसाय प्रस्तुति, तथा बिक्री क्षमताको अभ्यास गर्ने अवसर प्रदान गरेको थियो।
रोजगार मेलामा समाचकेवा, झिझिया, जर जटिन नृत्य र सडक नाटक समेत प्रस्तुत गरेकाहरूलाई मायाको चिनो राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी साहले प्रदान गर्नुभयो ।
कार्यक्रम व्यवस्थापक राम कुमार यादवले यस्ता कार्यक्रमहरूले समुदायमा व्यवहारिक परिवर्तन ल्याउने बताए ।
हरिपुर्वाका पूर्व नगरप्रमुख सियाराम रायले “यस्ता मेलाहरूले स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्दै, महिलाहरूलाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा महŒवपूर्ण योगदान पुर्याउने बताउनुभयो ।” उहाँले भविष्यमा पनि नगरपालिकाबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा उपमेयर सुमिन्त्रा देवी ग्वारीण, हरिपुर्वा नगरपालिकाका रोजगार संयोजक रामकुमार कामत, वडा नं २ का वडा अध्यक्ष दिनेश राय , वडा नं ३ का पूर्ववडाध्यक्ष धर्मराज साह, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रकी अनुगमण अधिकृत झुमा पंचकोटी, रामसुशील महतो लगायतको उपस्थिति रहेको थियो ।
रोजगार मेलामा ५३१ जनाले रोजगार पाए
Facebook Comments Box