सहारा दैनिक

spot_img
Homeसमाचार१४ वर्षीया बालिकालाई बेच्न खोज्ने व्यक्ति पक्राउ

१४ वर्षीया बालिकालाई बेच्न खोज्ने व्यक्ति पक्राउ

वीरगंज, १८ साउन । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । माझीले काठमाडौंबाट वीरगंज ल्याइएकी १४ वर्षीया किशोरीलाई भारतको दिल्लीमा काम लगाइदिने र विवाह गर्ने प्रलोभन देखाउँदै भारत लैजान खोजेका थिए। उनीहरूलाई वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिक भारत जाँदै गर्दा प्रहरी चेकिङ टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले किशोरीको सकुशल उद्धार गर्दै पक्राउ परेका माझीविरूद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई घटनावारे थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -