सहारा दैनिक

spot_img
Homeसमाचारघर भत्किँदा किचिएर बालकको मृत्यु

घर भत्किँदा किचिएर बालकको मृत्यु

बरहथवा, १४ साउनः यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ ।रासस

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -