सहारा दैनिक

spot_img
Homeदेशनेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

हेटौँंडा, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराउनुभएको हो ।
  उहाँले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने जनाउनुभयो । उहाँले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए ।रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -