रौतहट, ११ साउन । जबर्जस्ती करणीबाट पीडित दलित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्त तथा अधिकारकर्मीले आइतवार अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । रौतहट जिल्ला अदालत अगाडि पीडितका छिमेकी, आफन्त तथा अधिकारकर्मीले दोषीलाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । रौतहट जिल्लाको राजपुर नगरपालिकाको बलुवामा भएको बलात्कार घटनाको विरोधमा स्थानीय महिलाहरूले रौतहट जिल्ला अदालत, गौरको गेटअगाडि प्रदर्शन गर्दै “न्याय बिक्छ भने हामी अदालतमाथि नै प्रश्न उठाउँछौं”, “फैसला किन्न सक्छौं, हाम्रो आवाज होइन”, “दलित महिलामाथि हुने बलात्कार अन्त्य गर” र “बलात्कारीलाई फाँसी देऊ” जस्ता आक्रोशपूर्ण नाराहरू लगाएका थिए ।
प्रदर्शनमा सहभागी महिलाहरूले न्याय प्रणालीमाथि प्रश्न उठाउँदै, पीडितलाई न्याय दिलाउन दबाब सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्ण तर सशक्त आन्दोलनको बाटो रोजेको बताए । उनीहरूले दलित महिलामाथि हुने दुव्र्यवहार, लैङ्गिक हिंसा र सामाजिक विभेद अन्त्य गर्न राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
उक्त घटनाका दोषीलाई कानूनी रूपमा दण्डित गर्न र बलात्कारजस्ता जघन्य अपराध रोक्न न्याय प्रणालीले निष्पक्षता देखाउनुपर्ने प्रदर्शनकारीहरूको माग रहेको छ ।

Facebook Comments Box