सहारा दैनिक

spot_img
Homeदेशलायन्स क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

लायन्स क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३ साउन ।
लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगंज विजयपथ र लायन्स क्लब अफ वीरगंजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार सेस्मी इन्टरनेशनल स्कुल प्रगतिनगर, वीरगंजको प्राङ्गणमा एक दिवसीय रक्तदान कार्यक्रममा २३ पुरूष र ७ महिला सहित ३० जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लबकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम उप–डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेले गर्नु भएको थियो । उहाँले रक्तदान मानवताको सर्वाेच्च सेवा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए । रक्तदान आफैमा राम्रो पक्ष भएको हुँदा रगत दिदैमा मान्छे कमजोर नभएर झनै स्वस्थ्य र बलियो हुने भएकोले रक्तदान कार्यमा हरेक नागरिक जोडिनुपर्ने कुरामा समेत जोड दिएका थिए ।
“रक्तदानः जीवनदान” भन्ने नाराका साथ सञ्चालित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, लायन्स क्लबका एरिया को–चिफ लायन विनित जैसवाल, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, भोलेन्टियर टिम समुहका राजन श्रीवास्तव, विक्की सर्राफ, एनजिओसिसि पर्साका अध्यक्ष इब्राहिम देवान, मानव सेवा आश्रम वीरगंजका संयोजक देवेश गुप्ता, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका प्राविधिक धिरेन्द्र झा, नमित चौरसिया, श्रीराम यादव, स्थानीय युवा, समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थी तथा लायन्स क्लबका सदस्यहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रमको समापनमा लायन्स क्लब अफ वीरगंजका अध्यक्ष एवं जोन चेयरपर्सन लायन सुनिल गुप्ताले सहभागी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा स्वास्थ्य, शिक्षा र मानव सेवा सम्बन्धी अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -