सहारा दैनिक

spot_img
Homeसमाचारजुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

वीरगंज, ३ साउन ।  जिल्ला प्रहरी कार्यालय, बाराले तास खेलि रहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
शनिवार ३ बजे जीतपुर सिमरा उ.म.न.पा. वडा नं २ जानकी टोलमा केशव सुनुवारको घरमा जुवा तास खेली रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षक शुभास साहको कमाण्डमा खटीएको प्रहरीले छापामारी गरेको थियो ।
केशव सुनुवारको घर खानतलासी गर्दा तेश्रो तल्लाको कोठामा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । जुवाको खालबाट एक लाख ५४ हजार ६८० नगद र तास नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं १ वस्ने वर्ष ३० को सुसन खाती सुनार, वडा नं २ वस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, वर्ष ५६ को सुमन कुमार भट्टराई, वर्ष ४१ को अभय कुमार श्रीवस्ताव, वर्ष ४१ को केशव सुनुवार, वर्ष ५२ को थहल वहादुर विश्वकर्मा, वर्ष ५४ को शिवजी प्रसाद साह, वर्ष ५१ को राज कुमार भट्टराई, वर्ष ५९ को बलराम कुमार क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -