सहारा दैनिक

spot_img
Homeदेशनेपाल र भारतबीचको सम्बन्ध प्राचीन कालदेखि घनिष्ठ छ’

नेपाल र भारतबीचको सम्बन्ध प्राचीन कालदेखि घनिष्ठ छ’

जलेश्वर, २ साउनः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले नेपाल र भारतबीचको सम्बन्ध प्राचीन कालदेखि घनिष्ठ रहँदै आएको बताउनुभएको छ ।
नेपाल भारतमैत्री सङ्घ, मधेस प्रदेशले आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरेको ‘नेपाल-भारतमैत्री सम्बन्ध हिजो, आज र भोलि’ विषयक निबन्ध प्रतियोगितामा महोत्तरी र धनुषा जिल्लाका विजेता विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल र भारतबीच अनादिकालदेखि बहुआयामिक सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पारिवारिकदेखि लिएर सामाजिक, आर्थिक, राजनीतिक र प्राकृतिक रूपमा भारतसँगको हाम्रो सम्बन्ध रहेकाले यसलाई जीवन्त राख्न समयसापेक्ष हुँदै गतिशील कदम बढाउन जरुरी रहेकामा जोड दिनुभयो ।
लोसपा अध्यक्ष ठाकुरले भारत हाम्रो सबैभन्दा निकटतम मित्र राष्ट्र र सुखदुःखको साथी रहेको बताउँदै सोही कारण दुवै देशका नागरिकबीच जनस्तरमा मित्रवत् र बलियो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
वर्तमान राजनीतिक परिवेशमा पूर्वराजा ज्ञानेन्द्रको गतिविधि लोकतान्त्रिक गतिविधि विरोधी भएकाले धर्मको बाजा बजाएर पुनःराजगद्दी प्राप्त नहुने लोसपा अध्यक्ष ठाकुरले बताउनुभयो । उहाँले लोसपा नेपाल मधेस र मधेसीको हकअधिकार लागि शासक वर्गसँग सङ्घर्ष गरिरहेको पार्टी भएको भन्दै हकअधिकार प्राप्त नहुञ्जेलसम्म शान्तिपूर्ण सङ्घर्ष जारी रहने जानकारी दिनुभयो ।
कार्यक्रममा धनुषाका २४ र महोत्तरीका १८ जना विद्यार्थीहरूलाई साइकल, ट्रफी र प्रमाणपत्रसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -