सहारा दैनिक

spot_img
Homeदेशटोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिनुभयो सेवा

टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिनुभयो सेवा

सप्तरी, २ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणालीमार्फत सेवा लिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय राजविराजबाट उहाँले नागरिकताको प्रतिलिपि लिनुभएको हो  । नागरिकताको प्रतिलिपि लिएपछि आजै आमजनता जस्तै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमजनताले दैनिक रुपमा यहाँका जिप्रकामा टोकन प्रणाली प्रयोग गरेर लिँदै आएको सेवा जस्तै मुख्यमन्त्रीले पनि आफ्नो सेवा लिनुभएको छ ।”
जिल्ला प्रशासन कार्यालयको सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले आम जनतालाई सहुलियत हुनेगरी सेवा दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफलसमेत गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक रुपमा दिने सेवा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य कामकाजहरु चुस्त  रिकाले दिन निर्देशनसमेत दिनुभयो  ।रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -