सहारा दैनिक

spot_img
Homeदेशआइसिपी प्राङ्गणबाटै तस्करी सञ्चालन

आइसिपी प्राङ्गणबाटै तस्करी सञ्चालन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १ साउन । 
तस्करहरुको लागि वीरगंज भन्सार कार्यालय (आइसिपी) प्राङ्गण अवैध धन्दाको लागि सुगम स्थल बनेको समाचार बुझिन आएको छ ।
अन्य तस्करी नाकाहरुमा असहज परिस्थिति उत्पन्न भएपछि अहिले आइसिपी प्राङ्गणलाई प्रयोग गरी तस्करहरुले केही क्लियरिंग एजेन्टहरुमार्फत मल्टिपल प्रज्ञापनपत्रको आडमा तस्करी धन्दालाई निरन्तरता दिइएको बुझिन आएको हो ।
प्राप्त समाचार अनुसार केही दिन अघिमात्र वीरगंज भन्सारबाट जाँचपास भएर बिआर ०२२ जेए ४५१३ नं. को भारतीय टयाक्टरमा लोड गरेर निस्किएको कपडाहरु रामगढवास्थित माँ दुर्गा ट्रान्सपोर्टमा अनलोड भइरहेकै अवस्थाबाट भन्सार कार्यालय प्रमुखको निर्देशनमा खटिएको टोलीले नियन्त्रणमा लिई पुनः चेक गर्दा ठूलो मात्रामा अवैध रुपमा लगिएको कपडा बरामद भएको बुझिएको छ ।
अवैध कपडा बरामद भएपछि उक्त टयाक्टरमा लोड रहेको कपडाका धनीबाट १८ लाखभन्दा बढी जरिवाना असूल गरिएको भन्सार स्रोतबाट बुझिन आएको छ ।
यस सम्बन्धमा प्रमुख भन्सार अधिकृतले समेत बिआर ०२२ जेए ४५१३ नं. टयाक्टरलाई आइसिपी गेट बाहिरबाट फिर्ता ल्याएर पुनः चेकजाँच गर्दा कैफियत देखिएपछि १८ लाखभन्दा माथि जरिवाना गरिएको पुष्टि गर्नुभएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -