सहारा दैनिक

spot_img
Homeसमाचारअपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग

अपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग

वीरगंज, २८ असार । उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–२, छपकैयाका ७२ वर्षीय अपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग गरेको छ । माओवादी द्वन्द्वकालको समयमा बन्दुकको गोली लागी शारीरिक रूपमा अशक्त भएका वृद्धको आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा संस्थाले जीवनयापन सहज होस् भन्ने उद्देश्यले एक थान ह्वीलचेयर प्रदान गरेको हो । उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले ह्वीलचेयर हस्तान्तरण गरेको कार्यक्रममा संस्था सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको सहभागिता थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -