सहारा दैनिक

spot_img
Homeसमाचारइन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

इन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

बारा, २३ असार । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजबाट इन्धनको अवैध कारोबार भइरहेको स्थानबाट एक जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा–१२ फत्तेपुर घर भएका चौधरी ट्रकका चालक २१ वर्षीय सुवास चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ना १ क २८३६ नम्बरको ट्रकमा तेल भरिएको ग्यालेन लोड गरिरहेको अवस्थामा चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । ट्यांकरबाट तेल चोरी गरी विक्री वितरण भईरहेको भन्ने सूचना पाएपछि प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा प्रहरी टोलीले उक्त स्थानबाट झण्डै १० लाख मूल्यबराबरको तेलजन्य पदार्थसहित पेट्रोल, डिजल, मट्टितेल बरामद गरेको छ । प्रहरीका अनुसार पाँच हजार सात सय ९५ लिटर वनस्पतीजन्य तेलजस्तो पदार्थ, एक हजार लिटर पेट्रोल, ६ सय लिटर डिजल, ६ सय लिटर मट्टितेल बरामद गरिएको हो । ड्रम र ग्यालेनमा भरेर राखेको अवस्थामा उक्त तेलजन्य पदार्थ बरामद भएको हो । जीतपुरसिमरा–२२ स्थित विष्णुराज ठकुरीको जग्गामा स्थानीय सुरेश आलेद्वारा संचालित गाडी धुने ग्यारेज पछाडि गोप्यरूपमा उक्त कारोवार भईरहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -