सहारा दैनिक

spot_img
Homeखेलकूदयुवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

सहारा संवाददाता–––––––––––––––
वीरगंज २२ असार ।
युवा स्पोर्टस क्लबको विशेष साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्य समितिको निर्विरोध चयन गरेको छ ।

साधारण सभाले वरिष्ठ उपाध्यक्ष रूपक पाण्डे, प्रथम उपाध्यक्ष सुरज मानन्धर, द्वितीय उपाध्यक्ष लखन चौधरी, तृतीय उपाध्यक्ष्Fमा विकाश रौनियार, सहसचिवमा विनोद परियार, सचिवमा राजीव लाखे, सहसचिवमा विजय श्रेष्ठ, कोषाध्यक्षमा विजय विश्वकर्मा, सह–कोषाध्यक्षमा राजेश जोशी र सदस्यहरुमा क्रमशः नरेश माली, सञ्जय पौडेल, सुरज श्रेष्ठ (मन्टु), सुधीर सिंह राजपूत, रुपेन्द्र लालचन, श्याम गुप्ता, सुशील श्रेष्ठ, अब्दुल हवारी, प्रदीप साह, नारायण पौडेल, विकेश श्रेष्ठ, मुकेशकुमार गुप्ता, अरविन्द गुप्ता, मोहन कुमार महतो, समीर लामा, अरुण साह कानू, कृष कार्की र मणिराज यादव रहेका छन् ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जगरनाथ साह कानू, प्रमोद परियार, पूर्व सचिव एवं राष्ट्रिय खेलाडी ऋतु शाक्य, सल्लाहकार कुमार बराल, श्रीहरि पौडेल, प्रद्युम्न सेढाई, कमल अधिकारी, गजेन्द्रमान सिंह, वासुदेव रौनियार, विनोद अधिकारी लगायत क्लबका पूर्व तथा वर्तमान खेलाडी र सभासदस्यहरुको उपस्थिति थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -