सहारा दैनिक

spot_img
Homeसमाचारसशस्त्र प्रहरीद्वारा कपडा भन्सार दाखिला

सशस्त्र प्रहरीद्वारा कपडा भन्सार दाखिला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ असार ।
सशस्त्र प्रहरी बल पर्साले १८ लाख ५५ हजार ३५० मूल्य बराबरको कपडाहरू भन्सार दाखिला गरेको जनाएको छ ।

 

बिहीवार सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहत कार्यालयहरूबाट र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज म.न.पा.–१ स्थित छपकैया तथा नदिया टोलका विभिन्न व्यक्तिहरूका घरहरूमा भारतबाट भन्सार छली लुकाई छिपाई चोरीपैठारी गरी अवैध रूपमा ल्याई भण्डारण गरी राखेको अवस्थामा १८ लाख ५५ हजार ३५० मूल्य बराबरको कपडाहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी गराएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -