सहारा दैनिक

spot_img
Homeसमाचारकन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रमका प्रशिक्षक प्रनानि रामले लागुऔषध सेवनले ब्यक्तिलाइ भ्रम एवं नशाको चपेटामा पारेर शारीरिक एवं मानसिकको साथै सामाजिक, आर्थिक रूपले बहिष्कृत भएर अल्पकाल मै मृत्यु अँगाल्ने भएकोले समयमै यसबाट सचेत रहन र आग्रह गरे। कार्यक्रममा वृतचित्रको सहयोगले लागू औषध सम्बन्धी सचेतना प्रशिक्षण प्रदान गरेका थिए । फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षता एवं शिक्षक अन्नपुर्णा मानन्धरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडासदस्य शर्मा सरभङ्ग, स्कुलका प्रधानाध्यापक अनिता साह, शिक्षक, विद्यार्थीहरूको सहभागीता रहेको थियो। सो कार्यक्रममा प्रमुख अतिथि अन्नपुर्णा मानन्धरले लागुऔषध नशाले कतिको जिउ ज्यान, घर, परिवार बर्बाद भएकोले यसबाट सचेत रहन आग्रह गरेकी थिइन् । प्रधानाध्यापक साहले लागुऔषधले बुद्धिलाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू बच्ने र आफ्नो परिवारजनको साथै सबैलाइ बचाउन यहाँ सिकेको कुराहरू घर परिवार, इष्ट मित्र, छरछिमेकीसंग बाडन आग्रह गरिन ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -