सहारा दैनिक

spot_img
Homeदेशपूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

काठमाडौँ, १८ असारः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गर्नुभएको छ ।

उहाँको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनभएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आउनुभएको थियो । रासस

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -