वीरगंज,१३ असार/ तेस्रो गहवामाई रथ यात्राको क्रममा भीडका लाभ उठाई करिब आधा दर्जनभन्दा बढि महिलाहरुको सुनको गहना चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा महिलाहरु पुगेर रथयात्राको क्रममा अपरिचित युवाको समुहले सुनको सिक्री, हनुमान–दुर्गा माताको मालालगायत गहना चोरी भएको भन्दै उजूरी दिएका छन् । वीरगंजकी फूलकुमारी देवी, जुली यादव, श्वेता रानी, रीना देवी, निर्मला कुमारी, रामेश्वरी देवी, मालती देवी, पुनम देवी, शारदा देवीलगायतको गहना चोरी भएको भन्दै उनीहरुले उजूरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले छानबिन गर्ने क्रममा भारत, बिहार, पश्चिम चम्पारण बगाहा बिशुनपुर्वाकी जयमति हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले अन्य चोर गिरोहको वारेमा पनि छानबिन गरिरहेको जनाएका छन् ।
Facebook Comments Box