सहारा दैनिक

spot_img
Homeअर्थगौर नगरपालिकाको १६औ नगरसभामा ६१ करोड बजेट प्रस्तुत

गौर नगरपालिकाको १६औ नगरसभामा ६१ करोड बजेट प्रस्तुत

राधेश्याम साह
रौतहट, ९ असार ।
रौतहट जिल्लाको गौर नगरपालिकाको १६औं नगरसभा सोमवार सम्पन्न भएको छ ।
नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपियाँँको बजेट प्रस्तुत गर्दै सर्वसम्मत रूपमा पारित गरिएको छ ।
नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । ‘हाम्रो अभियान समृद्धि, विकास र गौर नगरपालिका श्रेष्ठ पहिचान’को नाराका साथ आयोजित नगरसभा कार्यक्रममा राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको बताए ।
युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपन्छी, रोजगार र पर्यटन, वातावरण तथा बिपद ब्यवस्थापन, पुर्वाधार, शहरी बिकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका त जेष्ठ नागरिक, सहकारी तथा संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता बिकास, राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२।२०८३ को क्षेत्रगत निति तथा कार्यक्रम ल्याएको नगर प्रमुख शम्भु साहले बताएका छन् ।
नगर प्रमुख शम्भु साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, उपनगर प्रमुख शैलदेवी, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी लगायतको सहभागिता थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -