दार्चुला, ३ असारः ढुङ्गा लागेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।
महाकाली नगरपालिका निसिल घर भएका प्रहरी जवान दिपेन्द्र पालको भिरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर मृत्यु भएको हो । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान पाल केह दिन अगाडी बिदामा घर आएका थिए । रासस
Facebook Comments Box