सहारा दैनिक

spot_img
Homeदेशरवीन्द्र मिश्र रु तीन लाख धरौटी रिहा

रवीन्द्र मिश्र रु तीन लाख धरौटी रिहा

काठमाडौँ, ३ असार : काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले आज मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । आज सकिएको थुनछेक बहसमा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रको आजै तीन लाख बुझाउनु भएको छ । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।रासस

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -