सहारा दैनिक

spot_img
Homeसमाचारदुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

तनहुँ, १ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा स्कुटरमा सवार एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उहाँले बताउनुभयो ।
दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -