सहारा दैनिक

spot_img
Homeसमाचारदुई वाहन एकापसमा ठोक्किंदा दुईको मृत्यु, दुई घाइते

दुई वाहन एकापसमा ठोक्किंदा दुईको मृत्यु, दुई घाइते

चन्द्रपुर, २१ जेठ । रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुर्ई जनाको ज्यान गएको छ भने दुर्ई जना घाइते भएका छन् ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्प गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाही रामनगर १ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाहीकै १८ वर्षीया रानीकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँँपालिका ५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुर हेटौंडा १३ का ग्यालसेन थोकर र विद्युतीय गाडी चालक सर्लाही रामनगर ३ का आकाश सिंहलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -