सहारा दैनिक

spot_img
Homeदेशबजरंग दलद्वारा डा. झाको स्वागत

बजरंग दलद्वारा डा. झाको स्वागत

सहारा संवाददाता–––––––––––––––
काठमाडौं, २० जेठ ।
राजसंस्था पुनरस्थापनाका लागि जारी आन्दोलनका क्रममा पक्राउ परी रिहा भएका डा. राजीव झालाई स्वागत गरिएको छ।

आन्दोलनका क्रममा काठमाडौंस्थित नारायणचौरबाट आइतवार पक्राउ परेका डा. झा सोमवार बेलुका जिल्ला प्रहरी परिसर काठमाडौंबाट रिहा भएका थिए ।
रिहा भएका डा. झालाई मंगलवार वीरगंजमा राष्ट्रिय बजरंग दलका अध्यक्ष्F राजु जयसवालले राष्ट्रिय झन्डा ओढाएर स्वागत गरेका हुन् । राजसंस्था पुनरस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका तराई मधेस संयोजकका साथै राष्ट्रिय बजरंग दलका वरिष्ठ नेतासमेत डा. झालाई आइतवार काठमाडौंस्थित नारायणचौरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -